हालै मात्र दुईजना अर्बपति व्यवसायीहरु रिचार्ड ब्रान्सन र जेफ बेजोसले आफ्नै कम्पनीका यानमा चढेर अन्तरिक्षको यात्रा सम्पन गर्दै अन्तरिक्ष पर्यटनको सपनालाई नयाँ उचाइँमा पूर्याएका छन् ।
गत जुलाई १२ मा अन्तरिक्ष यात्रा पूरा गरेर फर्किएका भर्जिन ग्यालाक्टिक कम्पनीका मालिक रिचार्ड ब्रान्सनले आफ्नो यो कार्यको अहंकार वा प्रतिद्धन्दितासँग कुनैपनि सम्बन्ध नरहेको बताए ।
सुनिँदैछ, स्पेस एक्स कम्पनी तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले निकट भविष्यमा गर्ने अन्तरिक्ष यात्राका लागि भर्जिन ग्यालाक्टिककै रकेटको एक टिकट खरीद गरेका छन् । अन्तरिक्ष पर्यटनको सुरुवातको श्रेय लिने यस होडमा यी तीन जनाले गरी कूल ४ खर्ब डलर लगानी गरिसकेका छन् ।
३ करोड रुपैयाँको टिकट
अन्तरिक्ष शयरका लागि अर्बौ डलर खर्चिएका यी तिन अर्बपतिको महंगो शौखलाई मानिसहरुले खासै मन पराएको चाहीँ देखिँदैन । आलोचकहरुका अनुसार पृथ्वीका मानिसहरुको यस्तो अवस्था रहेको बेला यस्तो फजूल परियोजनामा लगानी गर्नु समय र पैसा दुबैको बर्बादी हो ।

आलोचना यसकारण पनि भैरहेको छ कि यी निजी यात्राहरुको खर्च केवल धनाढ्य वर्गले मात्र गर्न सक्दछ । उदाहरणका लागि ब्रान्सनको भर्जिन ग्यालाक्टिक अन्तरिक्षयानको एक टिकटको मूल्य करीब २ लाख ५० हजार डलर अर्थात् झण्डै ३ करोड रुपैयाँ रहेको छ । अहिलेसम्म ६ सय जनाले यो टिकट बुक गराइसकेको बताइएको छ।
ब्रान्सनको लक्ष्य मानिसहरुलाई शेयर गराउनु
दुई वर्षअघि लेखक जेफ्री जेम्सले आफ्नो किताब हाउ टु थिंक लाइक अ बिलिनेयर मा सुपर धनाढ्य मानिसहरुको प्रमुख आनीबानीहरुको बारेमा बताउँदै लेखेका थिए, ‘स्वनिर्मित अर्बपतिहरु के ठान्छन् भने आफूहरु अरु मानिसहरु भन्दा श्रेष्ठ भएकैले धनी बन्न सकेका हौँ ।’ यी धनकुबेर हरुको त्यहीँ असिमित आत्मविश्वासले उनीहरुमा आफ्नो इच्छा अनुसार कुनैपनि कुरा हासिल गर्न सकिन्छ भन्ने अठोट पैदा हुन्छ ।

ब्रान्सनले सन् २००४ मा भर्जिन ग्यालाक्टिक कम्पनीको स्थापना गरेका थिए । उनको लक्ष्य एउटा यस्तो कम्पनी बनाउने थियो जसले केही वर्षमै मानिसहरुलाई अन्तरिक्षमा तैरिएको होटल, प्रयोगशाला तथा सुपरसोनिक अन्तरमहाद्धिपीय उडानहरुमा लैजानेछ ।
मानिसहरुलाई अन्तरिक्षमा शेयर गराएबापत कम्पनीले मोटो रकम अशूली गर्नेछ अनि मानिसहरुले आफ्नो त्यस्तो आकाशीय इच्छा पूरा गरी अझै धेरै धन आर्जन गर्न प्रेरित हुनेछन् ।
अन्तरिक्षको पनि राजा बन्न चाहन्छन् बेजोस
ब्रान्सनभन्दा विपरीत बेजोसको भने अन्तरिक्ष प्रतिको आजीवन आकर्षण रह्यो । बेजोस आफ्ना हजुरबुवासँगै अन्तरिक्ष प्रक्षेपण हेर्दथे र विज्ञान कथा पढ्दै हुर्किए । उनका हजुरबुवा परमाणु उर्जा आयोगमा काम गर्दथे । आफ्नो हाइस्कुलको विदाई समारोहमा आफ्नो भाषणमा पनि उनले अन्तरिक्षप्रति आफ्नो रुची प्रकट गर्दै भनेका थिए, ‘अन्तरिक्ष नै अन्तिम सिमाना हो । मलाई त्यहीँ भेट्नुहोस् ।’

बेजोसको बारेमा पुस्तक लेख्ने लेखक ब्राड स्टोनका अनुसार बेजोस केवल आफुमात्र अन्तरिक्षमा जानका लागि होइन कि अन्तरिक्षमा एक सफल व्यवसाय बनाउनका लागि आफ्नो व्यक्तिगत चाहनाको रुपमा अन्तरिक्ष पर्यटनको सपना देखिरहेका छन् ।
सन् २००० मा ब्लु ओरिजिन कम्पनीको स्थापना गरी उनले यो सपनाको यात्रा सुरु गरेका थिए सबैभन्दा पहिले । निल आर्मस्ट्रंगले चन्द्रमामा पाइला टेकेकै दिनमा अन्तरिक्षमा यात्रा गरेर बेजोसले आफ्नो अन्तरिक्ष प्रेम दर्शाएका छन् ।
एलन मस्कको भने पर्यटनको साटो मंगल ग्रहमा रुचि
अर्का अर्बपति हालसम्म अन्तरिक्ष पर्यटनको दौडमा सामेल देखिँदैनन् र अहिलेसम्म अन्तरिक्षको यात्रामा गएका छैनन् । तर धेरैको अनुमान के छ भने यो दौडमा अन्ततः एलन मस्क नै विजयी हुनेछन् ।
उनी अन्तरिक्ष पर्यटनको साटो मानिसहरुका लागि एक नयाँ ग्रह खोज्ने सपना देखेका छन् । उनका अनुसार भविष्यमा जब पृथ्वी बस्नका लागि अनुपयुक्त हुनेछ त्यसबेला मानिसलाई एक नयाँ ग्रह, सम्भवतः मंगल ग्रहको आवश्यकता पर्नेछ । त्यसैले त्यस्तो ग्रहमा जिवनको सम्भावनाको खोजी आजैदेखि गर्नुपर्दछ भन्ने मस्कको तर्क छ ।

मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्स सन् २००२ मा स्थापना भएको हो । त्यतिबेला उनको कूल सम्पत्ति केवल १३ अर्ब ३९ करोड मात्रै थियो । अहिले उनको सम्पत्ति १ खर्ब ६३ अर्ब डलर पुगिसकेको छ । उनको कम्पनीले अहिलेसम्म १ सय भन्दा धेरै रकेट परीक्षण गरिसकेको छ र आफ्नै रकेटमा अन्तरिक्षयात्रीहरुलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाइसकेको छ ।
नासा र अमेरिकी सेनासँग पनि स्पेस एक्सको राम्रो सम्बन्ध छ । मस्कको दाबी के छ भने सन् २०५० सम्ममा उनको कम्पनी मंगल ग्रहमा बस्ती बसाउनका लागि सफल हुनेछ । आफूले मंगल ग्रहमै अन्तिम श्वास लिन चाहेको उनले सन् २०१३ मै बताएका थिए ।
Post a Comment